स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय, ललितपुर
मुख्य सामग्रीमा जानुहोस्पुरातत्व विभाग र स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय, पाटनले संयुक्त रुपमा मिति २०८३।०३।०२ गते, नेपाल संवत ११४६ तछलाथ्व द्वितीया–२, मंगलबार आयोजना गरेको "संरक्षित स्मारक क्षेत्र पाटनमा रहेका सम्पदाहरुको व्यवस्थापन सम्बन्धी अभिमुखीकरण" कार्यक्रम सम्पन्न भएको छ। पाटन दरबार संग्रहालयको सभाहलमा सम्पन्न सो अभिमुखीकरण कार्यक्रममा सम्पदा संरक्षणसँग सम्बन्धित निकाय, संरक्षणकर्मी, स्थानीय गुठीयार तथा अन्य सरोकारवालाहरुको सहभागीता रहेको थियो।
कार्यक्रमको मुख्य उद्देश्य संरक्षित स्मारक क्षेत्र भित्र रहेका सम्पदाहरुको संरक्षण व्यवस्थापन सम्बन्धी अभिमुखीकरण गर्नु, संरक्षित क्षेत्र व्यवस्थापनका नीति, नियम, कानून तथा मार्ग दर्शनबारे सरोकारवाला निकायहरुलाई जानकारी गराउनु, सम्पदा संरक्षण सम्बन्धमा समूदाय, गुठी कार्यालय, स्थानीय संस्था तथा सरोकारवाला निकायबीच समन्वय तथा सहकार्यका उपायहरुबारे छलफल गर्नु रहेको थियो।
कार्यक्रममा स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख रमेशराज पौडेलले स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयको परिचय एवं गतिविधिका बारे चर्चा गर्नुभएको थियो। त्यस्तै पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले संरक्षित स्मारक क्षेत्रको व्यवस्थापन बारेमा र राष्ट्रिय अभिलेखालयका महानिर्देशक रामबहादुर कुँवरले मध्यकालीन पाटन सहरको इतिहास, संस्कृति तथा सभ्यता बारे सहभागीहरुमा प्रकाश पार्नुभएको थियो ।