वि.स. २०३३ मा दरबार हेरचाह अड्डा र वि.स.२०४२ मा स्मारक संंरक्षण कार्यालयको स्थापना भएको तथा वि.स.२०५० मा दुबै संगठनहरुलाई एक आपसमा गाभी यस स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयको स्थापना भएको थियो। यस कार्यालयले यस पाटन संरक्षित स्मारक क्षेत्रभित्रका सम्पदाहरुको संरक्षण र रेखदेख गर्ने कार्य गर्दछ ।