स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय, ललितपुर
अमेरिका पुगेका पुरातात्विक महत्वका दुईवटा कलात्मक वस्तुहरु नेपाल फिर्ता

अमेरिका पुगेका पुरातात्विक महत्वका दुईवटा कलात्मक वस्तुहरु नेपाल फिर्ता

अमेरिका पुगेका पुरातात्विक महत्वका दुईवटा कलात्मक वस्तुहरु नेपाल फिर्ता

अमेरिका पुगेका पुरातात्विक महत्वका दुईवटा कलात्मक वस्तुहरु नेपाल फिर्ता

काठमाडौंको ठमेलस्थित विक्रमशिला महाविहार (ठवही) मा रहेको तेह्रौं शताब्दीको तामाबाट निर्मित सुनौलो रङको पद्मपाणि लोकेश्वरको मूर्ति १९८० को दशकमा हराएर अमेरिकाको CA स्थित Berkley Art Museum मा पुगेको थियो । त्यस्तै ललितपुर, पाटनस्थित ई वहावहीमा रहेको सोह्रौं शताब्दीको काठबाट निर्मित नृत्यदेवीको मूर्ति वि. सं. २०४५/४६ सालतिर हराएर अमेरिकाको न्यूयोर्क (म्यानह्याटन) स्थित Metropolitan Museum of Arts मा पुगेको थियो ।

अमेरिकाको न्यूयोर्कस्थित District Attorney Office of New York, Antiquities Trafficking Unit ले अनुसन्धानको क्रममा गैरकानूनी रुपमा नेपालबाट गएको प्रमाणित गरेपछि उक्त मूर्तिहरु विभिन्न प्रक्रिया पुरा गर्दै नेपाल फिर्ता भएको हो ।

Two Archaeologically Significant Artifacts Repatriated from the United States to Nepal.The first is a gilded copper statue of Padmapāṇilokeśvara dating to the 13th century, originally belonged to Vikramashilā Mahāvihāra (Thabahi) in Thamel, Kathmandu. The statue disappeared in 1980s and was later found in the Berkeley Art Museum in California, USA. The second is a 16th-century wooden sculpture of the Nṛtyadevῑ (Dancing Goddess), originally from I Bahabahi in Patan, Lalitpur. It went missing around 1988/89 AD and was subsequently located at the Metropolitan Museum of Art in Manhattan, New York.


स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय, ललितपुर https://attendance.gov.np/